फेवा किनारको दरबारमा राजा र रैतीको फरक हेर्नुहोला: पर्यटनमन्त्री किराती
पाेखरा | जेठ १५, २०८०
पोखरा: संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आज पोखराको लेकसाइडस्थित रत्नमन्दिर खुल्ला गरिएको घोषणा गर्दै राजाको ठाँटबाँठ हेर्न आग्रह गरे ।
२०१३-०१५ को भौतिक विकास र राजारानी बस्ने दरबारको इतिहास हेर्न सुझाव दिँदै मन्त्री किरातीले त्यसबखतको राजकीय शान र रैतीको अवस्था दाँज्न आग्रह गरे ।
‘हिजोको पोखरा र आजको पोखरा हेर्नुहोस्, २०१३ देखि ०१५ सम्मको भौतिक विकास कस्तो थियो, राजारानी बस्ने दरबार त राम्रै थियो, मन्त्री किरातीले भने, ‘रत्न मन्दिर दरबार हेर्दा लाग्न सक्छ राजा रानी साधारण थिए, तर इतिहास हेर्नुपर्छ, समयसँगै परिवर्तन आएको छ, संरचनामा परिवर्तन आएको छ ।’

उनले ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने दायित्व आम नेपालीहरुको काँधमा आएको बताए । ‘राजाले के गरे भन्ने विषय इतिहास भइसकेको छ, ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने जिम्मा नेपाली सबैको हो, उनले भने, ‘पर्यटन क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हो पोखरास्थित रत्नमन्दिर दरबार, ताल, सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्नु सबैको कर्तव्य हो ।’
यस्तै कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले रत्नमन्दिर दरबारको संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई दिन आग्रह गरे ।
नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ ।
२०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४-४-२-० रोपनी क्षेत्रफलमा फैलिएको पोखरास्थित दरबार नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको थियो ।
नेपाल ट्रष्टको कार्यालयले रत्नमन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरेको छ, आज गणतन्त्र दिवसको अवसरमा पाँच क्षेत्र मध्ये क्षेत्र नं १ र २ मात्र सर्वसाधारणको लागि खुलेको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

